अन्तर्राष्ट्रिय

अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या

Banner

संयुक्त राष्ट्रसंघ, पुस २१-

संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।
यहाँ केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।

यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।

यो हिमपातले यहाँका स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणको लागि काम गरिरहेका संयुक्त राष्ट्रसंघीय र अन्य संस्थाका सहायताकर्मी पनि विरामी परेका बताइएको छ ।

यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरु उपलब्ध गराइरहेका छन् । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>