देश/प्रदेश

खोरेत रोग देखिएपछि पशुबस्तुको आवतजावत र ओसारपसार बन्द

Banner

दमौली, पुस २१-

तनहुँको भीमाद नगरपालिकामा खोरेत रोग देखिएपछि नगर क्षेत्रभित्र पशुको आवतजावत र ओसारपसार बन्द गरिएको छ । भीमाद नगरपालिका–८मा खोरतेसँग मिल्दोजुल्दो लक्षण देखिने गरी रोग देखा परेकाले पुस १३ गतेदेखि एक महिनाका लागि पशुको आवतजावत र ओसारपसार बन्द गरिएको हो ।

नगरप्रमुखस्तरीय निर्णय अनुसार खोरेत रोग लाग्ने गाईभैँसी, भेडाबाख्रा र बङ्गुरसुङ्गुरको ओसारपसार पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । उहाँका अनुसार रोग निदानका लागि नमूना पठाइसकिएको छ ।

नगरपालिकाले खोरेत रोग नियन्त्रणमा सहयोग पु¥याउन अनुरोध गरेको छ । फार्म, गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरु बेलामा प्रयोग नगर्न, फार्म, गोठमा पालिएका पशुबस्तुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकैको पशुसेवा केन्द्रमा खबर गर्न र नियमित रुपमा फार्म, गोठ वरपर, चुन, साइट्रिक, एसिड वा भिर्कोन छर्न आग्रह गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>