चितवन विशेष

भरतपुरमा ६ जना कोरोना संक्रमित थपिए, ९ जना संक्रमित आईसीयूमा

Banner

चितवन, पुस २०-

चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा थप ६ संक्रमित थपिएका हुन् । अन्य ६ स्थानीय तहमा थप संक्रमित थपिएका छैनन् ।

योसँगै चितवनमा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा घरमा आइसोलेसनमा ७३ जना र अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् । आजसम्म चितवनमा ४३५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालको आईसीयूमा ९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमा भरतपुर अस्पतालमा ६ जना र चितवन मेडिकल कलेजमा तीन जना रहेका छन् । विभिन्न अस्पतालका कोरोनाको १२ जना कोरोनाका बिरामीले उपचार गराइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>