देश/प्रदेश

चिसो बढेपछि बुटवलका शैक्षिक संस्था बन्द गर्न आह्वान

Banner

रुपन्देही, पुस १४–

वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ ।

उपमहानगरपालिकाले आज सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।

विद्यालयले दिने वर्षे÷हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गतेका लागि बिदा आह्वान गरिएको हो । उपमहानगरअन्तर्गत रहेका सामुदायिक र संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द रहने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>