Uncategorized

विराज पेन्ट्सको उपहार योजनामा १२२ जनाले जिते पुरस्कार,झापाका राजबंशीलाई स्कुटर

Banner

चितवन, पुस १२-

भरतपुरमा उद्योग रहेको बिराज पेन्ट्सले दसैँ तिहारलाई लक्षित गरी सञ्चालन गरिएको दुई महिने चिठ्ठा कार्यक्रमका विजेताहरुको नाम घोषणा भएको छ ।
पेन्ट्सले आइतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी १२२ जना बिजेताहरुको नाम सार्वजनिक गरेको हो ।

गत असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको चिठ्ठा कार्यक्रममा एक जनाले स्कुटर, एक जनाले ५० इन्चको भिडियोकन टेलिभिजन, १० जनाले स्यामसुङ एम०२ एस मोबाइल, १० जनाले वाल कलर डिजाइन र १०० जनाले भित्ते घडी गरी १२२ जनाले उपहार जितेका छन् । बम्पर पुरस्कार १२५ सीसीको एनट्रक स्कुटर जित्नेमा झापाका गोकुल राजबंशी, भिडियोकोन ५० इन्चको टेलिभिजन जित्नेमा चितवनका राजेन्द्र चापागाइँ रहेको कम्पनीले जनाएको छ । देशभर निकै लोकप्रिय बन्दै गएको बिराज पेन्ट्सले हालसालै नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको कम्पनीले नारायणी अनलाइनलाई जनाएको छ ।

बिराज पेन्ट्सले आफ्ना उत्पादनहरु ३०० बितरक मार्फत् देशभर वितरण गरिरहेको बिराज पेन्ट्स कम्पनीका प्रवन्ध निर्देशक राजु ढुंगानाले जानकारी दिए । विदेशबाट कच्चा पदार्थ आयात गरी सुक्ष्म प्रविधिमार्फत् कम्पनीले कन्स्ट्रक्सन केमिकल, मास्टर सिल, डेकोरेटिभ, कलर मोसन, टु म्याजिकलगायतका दर्जनौ उत्पादनहरु बजारमा ल्याइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>