समाज

ओछ्यानमा पिसाब गरेको भन्दै बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ

Banner

पोखरा,पुस ६-

६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक होस्टल वार्डेन पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् । उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लामो समयसम्म यौनांग बाँधिएका कारण असह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>