Breaking News

५७ जिल्लाका किशोर/ किशोरीलाई भोलिदेखि कोरोना विरुद्धको मोडर्ना खोप लगाइने

Banner

काठमाडौँ, पुस ३

५७ जिल्लामा रहेका १२ देखि १७ वर्ष उमेर समूहका किशोर/किशोरीलाई सरकारले भोलिदेखि पुस १४ गते सम्म कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विद्यार्थी बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी सरकारले गरेको हो।

प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ नौ जिल्ला र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका सबै किशोर/किशोरीलाई मोडर्ना खोप दिन लागिएको छ।

त्यस्तै बाँकी २० जिल्लामा भने फाइजर खोप लगाउने मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>