Breaking News

नवलपुरको देवचुलीमा १ लाख ८१ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

Banner

नवलपुर,मंसिर २२-

पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले १ लाख ८१ हजार नगद सहित ५ जनालाई तास लेखिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १४ साहारा चोकमा ४४ बर्षीय सुरेन्द्र श्रेष्ठको घर तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुरेन्द्र श्रेष्ठ, देवचुली १४ का ५३ बर्षीय खेमलाल रिजाल, ४३ बर्षीय युवराज न्यौपाने, २० बर्षीय ओमप्रसाद पौडेल र देवचुली १३ का ६१ बर्षीय कृष्णबहादुर थापा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३ बुक तास र १ लाख ८१ हजार ७ सय पाँच रूपैया नगद बरामद गरेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>