अन्तर्राष्ट्रिय

भारतको नागाल्यान्डमा गोली लागेर ११ नागरिकको मृत्यु

Banner

नागाल्यान्ड,  मंसिर १९

म्यानमारसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य नागाल्यान्डको मोन जिल्लामा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ । घटनामा एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार अपरान्ह ४ बजेतिर विद्रोहीहरू आइरहेको सूचना आधारमा अप्रेशन गर्न लागे र गल्तीका कारण विद्रोहीलाई नभई कामदारमाथि गोली लागेको थियो । उकत गोलीले नजिकैको कोइला खानीमा काम गरेर मिनी ट्रकमा फर्किरहेका कामदारको मृत्यु भएको हो।

त्यस्तै खोजन गएका स्थानीयले मिनीट्रकमा उनीहरूको शव देखेपछि आक्रोशित भएर स्थानीयल सुरक्षाकर्मीका गाडी जलाइदिएका र आक्रमण हुन थालेपछि आत्मरक्षाका लागि सुरक्षाकर्मीले पुनः गोली चलाएका थिए।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>