समाचार
चुनावमा पराजय हुने डरले प्रचण्डले एकताको कुरा गर्न थालेः धर्मेन्द्र बास्तोला
०

काठमाडौं,कात्तिक २७-
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपासँग एकताको कुरा गरेको भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताए ।
अबको चुनावमा माओवादी केन्द्रको राम्रो परिणाम नआउने भन्दै उनले वैज्ञानिक समाजवादमा जानका लागि मात्र नेपालमा बृहत् कम्युनिस्ट एकता हुन सक्ने धारणा राखे । न्यायालयमा देखिएको पछिल्लो दृश्यले दुःखित तुल्याएको भन्दै उनले न्यायालयमा देखिएको घटना दलाल पुँजीवादी व्यवस्थाको उपज भएको टिप्पणी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























