देश/प्रदेश
कांग्रेस सांसदको गुनासो- लिखित रूपमा निवेदन दिँदा पनि प्रधानमन्त्रीले भेट्न समय दिनुभएन
०

काठमाडौं, साउन २६-
नेपाली कांग्रेसका सांसद भरतबहादुर सुवार प्रधानमन्त्री बालेन शाहले भेट नदिएको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै लिखित रूपमा माग गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न नपाएको बताए।
उनले भने, ‘मैले भेट्ने समय माग्दै चैत्र २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ। तर आजसम्म पनि भेट्ने मौका पाइनँ। तपाईँ कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यूरु यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो।’
उनले व्यक्तिगत रूपमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूसँग केही माग र भेट्नुपर्ने कारण नभएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























