कर्पोरेट

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पीक मी’ बीच बीमा सेवा सम्झौता

Banner

काठमाडौँ, कात्तिक २२–

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पीक मी’ बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ‘पीक मी’ का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात ‘पीक मी’का चालक र ‘पीक मी’ प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात ‘पीक मी’ का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट ‘पीक मी’ का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा ‘पीक मी’ का ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराउनु भयो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले ‘पीक मी’ का का चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा ‘पीक मी’ का अध्यक्ष लगायत ‘पीक मी’ टिमलाई धन्यवाद दिनुहुँदै ‘पीक मी’ प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>