अन्तर्राष्ट्रिय

तालिबानको कब्जापछि अफगानिस्तानको अर्थतन्त्र ३० प्रतिशतले संकुचित हुन सक्छः आईएमएफ

Banner

एजेन्सी ।
तालिबानको कब्जापछि अफगानिस्तानको सकल घरेलु उत्पादन (जीडीपी) ३० प्रतिशत संकुचन हुन सक्छ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आफ्नो पछिल्लो क्षेत्रीय आर्थिक प्रतिवेदनमा जनाएको छ। आईएमएफका अधिकारीहरूले भने कि तालिबान काबुल प्रवेश गर्नु अघि नै अफगानिस्तानको स्थिति बिग्रेको थियो र कोभिड र खडेरी अर्थव्यवस्थामा तीव्र संकुचन ल्याउने कारक हुन्।

अगस्ट १५ मा तालिबानको कब्जा पछि, अफगानिस्तानमा गैर मानवीय सहायता बन्द भयो, विदेशी सम्पत्तिहरु जफत भएका छन्, मानिसहरुले आफ्नो जागिर गुमाएका छन्, र बैंकहरु पैसाको लागि संघर्ष गरिरहेका छन्।

आईएमएफको रिपोर्टले संकेत गर्दछ कि स्थितिले जीवन स्तरमा कमी ल्याउने र लाखौं मानिसहरुलाई गरिबीमा धकेल्न सक्छ जसले मानवीय संकट निम्त्याउनेछ। प्रतिवेदनमा अफगानिस्तानमा चलिरहेको अशान्तिले शरणार्थीहरुको संख्यामा बृद्धि ल्याउने र शरणार्थीलाई होस्ट गर्ने देशहरुलाई असर पार्ने समेत भनेको छ।

आईएमएफले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहायता बढाउन र स्वास्थ्य र शिक्षा क्षेत्रमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ। गत हप्ता, जी-२० राष्ट्रले अफगानिस्तानमा वित्तीय स्थिरता कायम राख्न अन्तर्राष्ट्रिय संगठनहरु संग सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>