क्रिकेट
टी-ट्वेन्टी विश्वकपः भारत र पाकिस्तानको खेल आज
०

काठमाडौँ,कार्तिक ७-
आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज (आइतबार) भारत–पाकिस्तानको खेल हुँदैछ । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ ।
भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सर्वाधिक प्रतीक्षा गरिने मध्येको एक खेल हो । राम्रो राजनीतिक सम्बन्ध नभएका यी दुई छिमेकी देशको क्रिकेट प्रतिस्पर्धालाई एक अर्काको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिन्छ।
दुवै टिमबीच क्रिकेट नभएको पनि लामो समय भइसकेको छ । सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























