खेलकुद

टी-२० विश्वकपका सुपर १२ खेल आजदेखि सुरु

Banner

काठमाडौँ, कात्तिक ६
आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।

सुपर १२ खेलमा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् । नेपाली समय अनुसार पौने चार बजे यूएईको अबुधाबीमा सुरु हुने सुपर १२ को ग्रुप एकअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल खेलदै छन् ।

यस्तै आजै बेलुका पौने ८ बजे दुबईमा ग्रुप एकमै रहेको साविक विजेता वेष्ट इन्डिज र साविक उपविजेता इंग्ल्याण्डबीचको पनि खेल हुदैछ ।

ग्रुप एकमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

त्यस्तै पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेर सुपर १२ को समीकरण पूरा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>