Breaking News

थप ५४५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु, ७२६ जना संक्रमणमुक्त

Banner

काठमाडौं, कात्तिक ४-
पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७२६ जना निको भएका छन् ।

त्यस्तै ६ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नेपालमा ५४५ जनामा कोरोना संक्रमित थतिए सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । त्यस्तै नेपाल कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेका छन् । जसमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा रहेका छन् भने ७८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>