अन्तर्राष्ट्रिय

पाकिस्तानमा स्कूलमा भएको हत्याकाण्डको दोषीलाइ आम माफी दिन लागेको भन्दै विरोध

Banner

पाकिस्तान ।

पाकिस्तानमा २०१४ पेशावर स्कूलमा भएको हत्याकाण्डको दोषीलाइ आम माफीको दिन लागेको भन्दै अभिभावकहरुले विरोध जनाएका छन् । सन् २०१४ मा आर्मी पब्लिक स्कूल (एपिएस) मा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका विद्यार्थीहरूका आमाबाबुले तेह्रेक(आई(तालिबान पाकिस्तान (टीटीपी) लाई संघीय सरकारले गरेको प्रस्तावित माफीलाई अस्वीकार गरेका छन्। आतंककारीहरूलाई माफी दिइयो भने प्रदर्शन गरिरहने भनेर पीडित आमाबाबुले बताए।

आफ्ना शहिद बालबालिकाको फोटो समाएर अभिभावकहरुले बिहिबार प्रभातफेरी प्रेस क्लब बाहिर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री इमरान खान, विदेशमन्त्री शाह महमूद कुरेशी र आन्तरिक मन्त्री शेख राशिद अहमदविरुद्ध नाराबाजी गरेका थिए। ति आतंककारीहरू माफी पाउन योग्यका छैनन् भने।

एपीएस शुहादा फोरमका अध्यक्ष अधिवक्ता अजुन खाँले पीडितका अभिभावकको तर्फबाट पत्रकारहरूलाई टीटीपीलाई आममाफी दिने योजनाबारे सरकारले पीडित परिवारलाई जानकारी दिनुपर्ने बताए। उनले भने, हाम्रा छोराछोरीको हत्यारा को हो भन्ने विषयमा सरकारले हामीलाई सन्तुष्ट पार्नेछ,उनले भने र आमाबाबुले न्यायबाहेक अरू केही चाहँदैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>