मौसम

अझै तीन दिन भारी बर्षा, किसान मर्कामा

Banner

काठमाडौं,कार्तिक २-

जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन भारी बर्षा हुने पूर्वानुमान गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको उल्लेख छ।

हाल देशको अधिकांश भूभागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ। प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षासमेत भएको छ।

नेपालको पश्चिम क्षेत्रबाट मौसम बहिर्गमन हुन थालेको मौसम पूर्वानुमान महाशाखाबाट सूचना जारी भएपछि किसान धान काट्न व्यस्थ भएका थिए। तर एक्कासी भारी बर्षा हुँदा किसानले काटेर सुकाएको पाकेको बाली बिगारेको हो। बर्षाका कारण बिशेष गरी देशभर चाँडो पाक्ने हाइब्रिड धान लगाएका किसान मर्कामा परेका छन्।

महाशाखाले मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>