खेलकुद

उपाधिका लागि अभियान र वनदेवी भिड्दै

Banner

चितवन, असोज २३–

भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती यूवा क्लबको आयोजनामा जारी अन्तर टोल विकास मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि अभियान र वनदेवी सल्यानी टोल विकास संस्थाबीच प्रतिसप्रर्धा हुने भएको छ ।

शनिबार भएको पहिलो खेलमा जानकी टोल विकास संस्थालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अभियान फाइनलमा प्रवेश गरेको हो । अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा शान्ति टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै वनदेवी सल्यानी टोल विकास संस्थाले उपाधिका लागि अभियानसंगको खेल पक्का गरेको हो । सो खेलको म्यान अफ दि म्याच सन्तोस श्रेष्ठ भएका थिए । फाइनल खेल असोज २५ गते विहान साढे ६ बजे हुनेछ ।

यस्तै आइतबार तेस्रो स्थानका लागि जानकी र शान्ति टोल विकास संस्था बीच प्रतिस्र्धा हुनेछ । शनिबार भएको खेलहरुको अवलोकन गर्न बागमती प्रदेश सांसद रिना गुरुङ पुगेकी थिइन् । सो अवसरमा बोल्दै गुरुङले चौथो पुरस्कारका लागि १० हजार रुपैयाँ दिने घोषणा गरेकी थिइन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० केजीे खश्सी रहेको छ । त्यस्तै द्धितीय पुरस्कार ३० र तृतीय पुरस्कार २० केजीको खसी रहेको प्रतियोगिताका दर्ता समिति संयोजक ज्ञानहरी कंडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>