खेलकुद

भरतपुरमा अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु

Banner

चितवन, असोज २३ –

भरतपुरमा आठौं चित्रवन कप अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु भएको छ । लियो क्लव अफ नारायणगढ चित्रवनको अयोजनामा आज शनिबारदेखि भरतपुर–१० को गौतम चोकस्थित गौतम फुटसलमा खेल सुरु भएको हो ।

प्रतियोगितामा २८ वटा क्लवहरुको सहभागिता रहेको लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । नवलपुरदेखि हेटौंडासम्मका टिमहरुको सहभागिता रहेको उनले जनाए ।

लियो क्लव अफ नारायणगढ चित्रवनका निवर्तमान अध्यक्ष पुरुषोत्तम सुवेदीका अनुसार प्रतियोगितामा विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ भने प्रतियोगितामा दोश्रो हुनेलाई १२ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । फुटसलमा प्रतिटिम ३५ सयका दरले दर्ता शुल्क उठाइएको छ ।

प्रतियोगिताको फाइनल खेल भोलि बेलुका हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>