लुम्बिनी

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

Banner

रुपन्देही, असोज १३-

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सार्नुभएको हो ।

प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>