अपराध

पशुपतिनाथ क्षेत्रमा साधु बाबामाथि खुकुरी प्रहार, १२ जना पक्राउ

Banner

काठमाडौं, असोज ११ –

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ ।

आज सोमबार बिहान साढे ५ बजे शौचालय जाने क्रममा साधु सन्तोष बाबामाथि खुकुरी प्रहार भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

घाइते बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको एसएसपी सिंहले बताए ।

घटनामा संलग्न भएको हुन सक्ने आशंकमा १२ जनाला नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>