Breaking News

भरतपुर अस्पतालका मेसु पौडेलले हटाए निजी अस्पतालमा राखिएको आफ्नो नामको बोर्ड

  • Logo
    app haru
  • ११ आश्विन २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असोज ११ –
चितवनमा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेलले निजी अस्पतालमा रहेको आफ्नो नामको साइनबोर्ड हटाएका छन् ।

उनले भरतपुरको अस्पताल रोडमा रहेको निजी अस्पताल भरतपुर सामुदायिक अस्पतालको आफ्नो कार्यकक्षको ढोकामा रहेको आफ्नो नामको बोर्ड हटाएका हुन् ।

अस्पतालभित्र छिर्ने बित्तिकै देबे्र पट्टीको पहिलो नम्बर कोठामा प्राडा पौडेलको कार्यकक्ष रहेको छ । उनी भरतपुर सरकारी अस्पतालका दशौं तहका वरिष्ठा हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ समेत हुन् । उनले मेसु हुनुअघि र अहिले पनि निजी अस्पतालमा काम गर्छन् ।

यससम्बन्धि समाचार हिजो नारायणी अनलाइनले प्रकाशित गरेपछि पौडेलले निजी अस्पतालबाट आफ्नो नामको साइन बोर्ड हटाएका हुन् ।
हिजोसम्म उक्त मेरुदण्ड तथा नशा हाडजोर्नी विभागको कार्यकक्षमा प्राडा पौडेल र डा रमेश थापा मगरको नाम थियो । आज डा मागरको मात्र नाम छ । ढोकाभन्दा माथि सानो बोर्डमा भने प्राडा पौडेलको नाम लेखिएको छ ।

मेसु र अध्यक्ष नै निजीमा व्यस्त हुँदा भद्रगोल बन्यो भरतपुर सरकारी अस्पताल, निजी जान बाध्य छन् गरिब बिरामी

यसअघिका कतिपय मेसुले पनि निजी अस्पतालमा काम गर्ने गरेका कारण भरतपुर अस्पताल झन् भद्रगोल बन्दै गएको थियो । अहिले पनि भरतपुर अस्प्तालको अवस्था भद्रगोल छ । बिरामीले सहजरुपमा उपचार पाउने अवस्था छैन । मेसु नै निजीमा जाँदा उनीहरुको स्वार्थ बाझिने र सरकारी अस्पतालको सुधार नहुने सर्वसाधारणले बताउँदै आएका छन् ।

भरतपुर सामुदायिक अस्पतालका व्यवस्थापक रघुनाथ सापकोटाले डाक्टर पौडेलको नाम रहेको बोर्ड हटाएको बारेमा आफूलाई जानकारी नरहेको बताए । उनले भरतपुर सामुदायिक अस्पतालमा प्राडा पौडेलले बिहान ९ बजेसम्म र बेलुका ४ः३० बजेपछिमात्र बिरामी हेर्ने गरेको बताए ।

नाम हटाएर उनले निजीमा काम गर्नै न खोजेका हुन् की नाम नराखी किन भित्रभित्र काम गर्न खोजेका हुन् आगामी दिनमा पक्कै थाहा हुने छ ।

पहिले :

अहिले : 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>