देश/प्रदेश
मन्त्री विजय सुवेदीले गरे मन्त्रालय परिसरमा सरसफाइ
०

हेटौंडा, असोज १० –
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय परिसरमा सरसफाइ गरिएको छ ।
आज आइतबार मन्त्री विजय सुवेदीसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय परिसरमा सरसफाइ गरेका हुन् ।
आफ्नो वरपर सरसफाइ राख्नु पर्ने बताउँदै मन्त्री सुवेदीले सरसफाइको काम आफैबाट सुरु गरेको बताए ।
आफ्नो कार्यालय र कार्यालय वरीपरी सफा राख्नु पर्ने उनले बताए । कार्यालयका कर्मचारी र प्रमुखले नै कहिलेकाहीँ सफा गर्दा केही फरक नहुने उनले बताए ।
मन्त्री आफै सरसफाइमा निस्कँदा कार्यालय सहयोगीसहितका कर्मचारी दंग परेका थिए । कर्मचारीसँग मिलनसार, साथित्वको व्यवहार गर्ने, कहिल्यै ठूलो नबन्ने मन्त्री पाएको भन्दै एक कर्मचारीले खुसी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























