देश/प्रदेश
लायन्स क्लब अफद्वारा विपन्न बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

काठमाडौँ, असाजे १०-
लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा क्लबले सहारा घरमा आश्रित विपन्न बालबालिकाका लागि खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शनिबार चितवनको भरतपुर –१२ नौरङ्गीस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (सहाराको घर) मा शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेको हो । सहाराको घरमा रहेका १८ बालबालिकालाई चामल, दाल, चिउरा, तेललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष लायन शक्ति श्रेष्ठले जानकारी दिनुभयो ।
राजधानी काठमाडौँमा स्थापित लायन्स हेरिटेज धरहरा क्लबले विश्व महामारी कोभिड–१९ सङ्क्रमणको जोखिममा समेत विभिन्न अस्पताल तथा आइसोलेशनमा रहेका कोरोनाका बिरामीलाई खाद्यान्न तथा लत्ताकपडा तथा आर्थिक सहयोग गर्दै आएको छ ।
विसं २०६९ मा एक जना अनाथ बालबालिका संरक्षण गरेर सुरु गरेको सहारा घरमा हाल चार वर्षदेखि १८ वर्ष उमेरका १८ जना बालबालिका संरक्षित रहेको सहारा घरकी अध्यक्ष कुसुम तिवारी ९सहारा० ले जानकारी दिनुभयो ।
विदेशमा बसेका केही नेपाली तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा चलिरहेको सहारा घरमा लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराले अतिआवश्यकरुपमा रहेको कम्युटर तथा बालिकाले प्रयोग गर्ने सेनिटरी प्याडलगायत शैक्षिक सामग्री कापी, कलम, विद्यालय झोला सहयोग गर्दा राहत भएको अध्यक्ष तिवारीले बताउनुभयो ।



























