Breaking News

कांग्रेस महाधिवेशनः भरतपुरको सभापतिमा पाँच जनाले गराए उम्मेद्वारी दर्ता

०
Banner

चितवन, असोज ९–

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज चितवनका सात वटा स्थानीय तहमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

आज (शनिबार) मनोनयन पत्र दर्ता गर्दै निर्वाचन प्रक्रिया सुरु गरिएको हो । जसअन्तरगत भरतपुर महानगरपालिकाको सभापतिमा पाँच जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मतदान अधिकृत श्रीराम दवाडीका अनुसार वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् ।

भरतपुरमा कुल १५२ पदमा निर्वाचि हुनेछन् । आज निर्वाचन प्रक्रिया सुरु भए पनि भोलि मात्रै मतदान हुने मतदान अधिकृत दवाडीले जानकारी दिए । भरतपुरमा कुल १४७० जना मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>