देश/प्रदेश

रुपन्देहीबाट लागुऔषध सहित ६ जना पक्राउ

Banner

रुपन्देही, असोज ९-

रुपन्देहीबाट लागुऔषध र तौलने तराजु सहित छ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका- १० का २१ वर्षीय रविन्द्रकुमार रावत, मायादेवी गाउँपालिका-३ का २९ वर्षीय बालमुकुन्द हरिजन , र भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन रहेका छन् । सिद्धार्थनगर नगरपालिका-६ स्थित महावीरपथबाट उनीहरूलाई प्रहरीले बा ३ प २७३९ र लु ३१ प २६१२ नम्बरको मोटरसाइकलबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट १० ग्राम ब्राउनसुगर र ब्राउनसुगर तौलने तराजु बरामद गरिएको हो ।

यसैगरी, मायादेवी गाउँपालिका-५ मा लु४४प ५८६० नम्बरको मोटरसाइकलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विनरोफ नामक २९ बोतल लागुऔषधसहित मायादेवी-६ का ३४ वर्षीय नन्दलाल मल्लाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यस्तै, प्रहरीले रोहिणी गाउँपालिका- ५ मझौनि चोकबाट लु ४ प ११३४ नम्बरको मोटरसाइकलमा सवार दुई जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालका-१६ का १९ वर्षीय इस्लाम चुरिहार र मोटरसाइकल पछाडि सवार २० वर्षीय आलमगरी चुरिहारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए। उनीहरूको साथबाट डाइजेपाम ३०२ सिसी, नुफिम ३०० सिसी र फेनोरागन ३०० सिसी बरामद भएको छ।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>