देश/प्रदेश
४० किलोग्राम चाँदीसहित एक युवक पक्राउ
०

जनकपुरधाम, असोज ६-
रौतहटबाट प्रहरीले ३९ लाखभन्दा बढी रुपैयाँको ४० किलोग्राम चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका- २२ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् ।
गौर नगरपालिका– ४ स्थित बसपार्कबाट साहलाई चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनका अनुसार बरामद चाँदी ३९ लाख ४४ हजार मूल्य बराबरको रहेको छ ।
शंका लागेर चेकजाँच गर्दा सोनारले बोकेको २ झोलाबाट ४० किलोग्राम चाँदी बरामद भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।
पक्राउ परेका सोनारलाई चाँदीसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























