देश/प्रदेश
राससकर्मी भुसाललाई पितृशोक
०

काठमाडौँ, ५ असोज –
राष्ट्रिय समाचार समिति (रासस) कर्मी तिलक भुसाललाई पितृशोक परेको छ । भुसालका पिता डिल्लीराजको ६३ वर्षको उमेरमा आज बिहान सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा मेनेन्जाइटिस रोगको उपचारका क्रममा निधन भएको हो ।
पर्वतको पैँयु गाउँपालिका–३ स्थायी निवासी समाजसेवी डिल्लीराजको स्वास्थ्यमा समस्या आएपछि आइतबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो । डिल्लीराजका मातापिता, श्रीमती, तीन छोरा हुनुहुन्छ ।
राससकर्मी तिलक उहाँका जेठा छोरा हुन् । दिवङ्गत डिल्लीराजप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा रासस परिवार समवेदना व्यक्त गर्दछ । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























