लुम्बिनी

बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने पंगेनी पक्राउ

Banner

बुटवल,असोज ४-

बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।

हाल पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ । पंगेनी एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्ष समेत हुन् ।

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>