देश/प्रदेश

डुबेको अवस्थामा भेटियो आमा छोराको शव

Banner

धनुषा, असोज ४-

धनुषाको पोखरीमा आमा छोराको शव फेला परेको छ।

धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सोमबार फेला परेको हो । प्रहरीका अनुसार उनीहरुको शव डुबेको अवस्थामा पोखरीमा भेटिएको हो ।

पोखरीमा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो। पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले भनाइ छ । पारिवारिक विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।

शव पोखरीबाट निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>