अन्तर्राष्ट्रिय
अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना
०

काठमाडौँ, असोज ३ –
नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गर्नुभएको छ ।
विदेशमन्त्री ब्लिङ्केनले आज दिनुभएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























