देश/प्रदेश

५ लाख नगदसहित २० जना जुवाडे पक्राउ

Banner

काठमाडौं, असोज २-
प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

तेन्जिङ छोप्याकको घरमा जुवा खेलेको अवस्थामा उनीहरू पक्राउ परेकाहरू थिए ।त्यस्तै उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान प्रहरीले बरामद गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् ।

जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>