लुम्बिनी
मेटमणि चौधरी बने एकीकृत समाजवादीको लुम्बिनी अध्यक्ष
०

दाङ,असोज १-
नेकपा एकीकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























