कर्पोरेट

‘सेन्चुरी पे’बाट अनलाइन आन्तरिक विप्रेषण सेवा सुरु

Banner

चितवन, भदौं ३१-

सेञ्चुरी कमर्सियल बैँकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैकिङ एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिटन्स सेवा प्रदान गर्ने भएको छ ।

बैँकले आज एक विज्ञप्ति जारी गर्दै सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको जनाएको हो । यो सेवा सञ्चालनमा आएसँगैं बैँकका ग्राहकले आन्तरिक विप्रेषण सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्ने बैँकले जनाएको छ ।

आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत् सोझै नगद वा बैँकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ । साथै यस सुविधा अन्र्तगत ग्राहकले सेञ्चुरी कमर्सियल बैँकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । बैँकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>