गण्डकी

भीमसेन थापा गाउँपालिकाका उप-प्रमुखले काँग्रेस परित्याग गरिन

Banner

गोरखा,भदौं १९-

गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन्। नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्स आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु।

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा शुक्रबार देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो। जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो । विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप-प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्। यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाइएकी छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>