लुम्बिनी
खोलाले कार बगाउँदा चार जनाको मृत्यु
०

दाङ,भदौं १७-
दाङमा खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ। घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले बगाउँदा घोराही १३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षिया शुसीला श्रेष्ठ, घोराही १४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
गएराती १० बजेतिर प्रदेश प्र.३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको हो। कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
खुट्टा भाँच्चिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो। मृतक चारै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























