Breaking News

नवलपरासीमा इन्सपेक्टर वाग्लेको असावधानीका कारण मृत्यु भएको छानविन समितिको निष्कर्ष

Banner

नवलपुर,भदौं १५-

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल काफ्लेको मृत्यु हुनेगरी नवलपरासी पश्चिममा भएको दुर्घटना चालक र मृतक वाग्लेको असावधानीका कारण भएको छानविन समितिले निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले घटना मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक वाग्लेको असावधानीका कारण भएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

मंगलबार छानविन समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्त्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भई ईलाका प्रहरी कार्यालय, बर्दघाटमा कार्यरत ४३ वर्षका प्रहरी निरीक्षक (इन्सपेक्टर) वाग्लेलाई गत साउन २५ गते मोटरसाइकलले ठक्कर दिँदा वाग्ले गम्भीर घाईते भएका थिए । घाईते भएका वाग्लेको उपचारका क्रममा मृत्यु भएको थियो ।

२०७८ साउन २५ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका वडा नम्बर ४ ईलाका प्रहरी कार्यालय, बर्दघाट अगाडी मोटरसाइकलले पैदलयात्रा गरिरहेका वाग्लेलाई ठक्कर दिएको थियो । रहस्यमय तरिकाले बाईक दुर्घटना गरेर इन्सेपक्टरको हत्या गरिएको भन्दै सदनदेखी सामाजिक सञ्जालसम्म बिरोध भएको थियो । त्यसपछि घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गर्नका लागि मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>