Breaking News

गैंडाकोटको थुम्सिमा पूर्व-पश्चिम राजमार्ग दुईतर्फी सञ्चालनमा नआउँदा यात्रुलाई समस्या

Banner

गैडाकोट, भदौ १३-

अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैंडाकोटमा डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन ।गैंडाकोटको थुम्सि जङ्गलमा पर्ने २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग चार दिन हुँदासमेत दुईतर्फी रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

डाइभर्सन मर्मत गरेर शनिबार साँझ एकतर्फी रुपमा सवारी वारपार गराइएको थियो । तर, रातिदेखि परेको पानीले एकतर्फी सवारी सञ्चालनमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

पानी नरोकिदा डाइभर्सनमा राखेको गिट्टीमाटो हिलो भएर सवारी फस्दा झनै समस्या भएको सिंहले बताउनुभयो । ‘डाइभर्सन निर्माण गरेर एकतर्फी त सञ्चालन ग-यौँ तर , हिलो र दलदल भएका कारण त्यसैमा सवारी फस्दा निकाल्न झनै गाह्रो भएको छ । पानी रोकिएन भने दुईतफर्ती सञ्चालन गर्न अझै समय लाग्छ । ’ थुम्सी र भेडाबारी क्षेत्रका अन्य डाइभर्सन भने मर्मत गरिएको छ । अन्य डाइभर्सनमा अहिले कुनै समस्या नभएको सूचना अधिकारी सिंहले बताउनुभयो ।

लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई समस्या भएको छ । जङ्गलको क्षेत्रमा सवारी रोकिँदा यात्रुहरूलाई झनै समस्या भएको छ । खाजा, खाना ,पानीको लागि सहज नहुँदा यात्रु समस्यामा परेका छन् । बिरामी बोकेका एम्बुलेन्स पनि अस्पताल समयमा पुग्न सक्ने अवस्था छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>