Breaking News

नारायणगढका अवैध मोबाइल कारोबारमा संलग्नहरु दुई करोड बढी धरौटीमा छुटे

Banner

चितवन, भदौ १२ –
चितवनको नारायणगढलाई केन्द्र बनाएर अवैध मोबाइल कारोबार गर्दै आएकाहरु दुई करोडभन्दा बढी धरौटी राखेर छुटेका छन् ।

अवैध कारोबारमा संलग्न भरतपुर महानगरपालिका वडा नम्बर ८ का अर्जुन शर्मा भनिने अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठ २ करोड २ लाख ९६ हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् ।

उनीहरुले नवलपरासीको महेशपुर भन्सार कार्यालयमा धरौटी राखेर छुटेको कार्यालयका भन्सार अधिकृत रामप्रसाद अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए । उनीहरुबाट बरामद गरिएको मोबाइल भन्सार नियमअनुसार लिलाम गरिने अर्यालले बताए । अवैध मोबाइल कारोबारमा प्रयोग गरिएको प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको गाडी भन्सार कार्यालयमै राखिएको छ ।

अर्यालका अनुसार सरकारी वकिलको रायका आधारमा भन्सार कार्यालयले धरौटी तोकेको हो । ‘यसको अनुसन्धान कार्यालयले जारी राख्छ । अन्य संलग्न र आवश्यक प्रमाणहरु जुटाएपछि अन्तिम फैसला गरिने छ र थप कारबाही तोकिने छ’ अर्यालले भने । अवैध कारोबारमा संलग्न अन्य मतियाहरु पनि हुन सक्ने भन्दै उनले त्यस विषयमा थप अनुसन्धान गरिने बताए ।

गत महिना नवलपुर हुँदै चितवनको नारायणढतर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किवासले ५ सय ९५ थान मोबाइल सहित नारायणगढका ढकाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले पक्राउपश्चात मोबाइल र गाडीसहित उनीहरुलाई भन्सार कार्यालयमा बुझाएको थियो ।

ढकाल नारायणगढको ‘ए एण्ड के’ मोबाइलका सञ्चालक हुन् । उनी नारायणगढमै रहेको जनता कृषि सहकारीका उपाध्यक्ष समेत हुन् । उनले सहकारीको दुरुपयोग गरेर अवैध कारोबारमा लाभ लिएको समाचार नारायणी अनलाइनले यसअघि प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि सहकारीको कारोबारका सम्बन्धमा भरतपुर महानगरपालिकाको सहकारी शाखाले पत्र काटेर स्पष्टिकरण सोधेको छ । पक्राउ परेका श्रेष्ठ शारदानगर जेसीजका वर्तमान अध्यक्ष समेत हुन ।

सम्बन्धित समाचार :

नारायणगढमा अबैध मोवाइल कारोबारीको गिरोह,भन्सार छलेको लाखौंको मोवाइलसहित व्यापारी पक्राउ

नारायणगढको जनता कृषि सहकारीको अवैध मोबाइल कारोबार कनेक्सन

नारायणगढको जनता कृषि सहकारीलाई महानगरको सहकारी शाखाले सोध्यो स्पष्टिकरण

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>