जोडिनुहोस

Banner

चितवन,भदौं ४-

नारायणगढको शहिदचोकमा रहेको जनता कृषि सहकारी संस्थालाई भरतपुर महानगरपालिकाको सहकारी शाखाले पत्र काटेको छ । सहकारीका सम्बन्धमा नारायणी अनलाइनले समाचार प्रकाशन गरेपछि महानगरको सहकारी शाखाले पत्र काटेको हो ।

भरतपुर महानगरपालिका सहकारी शाखा प्रमुख रामबाबु पौडेलका अनुसार सहकारीलाई पाँच दिनभित्र जवाफ दिन भनिएको छ । पत्रमा सहकारीमा एउटै पारिवारिक नाता सम्बन्धका व्यक्तिहरुको संलग्नता छ कि छैन ? छ भने कुन–कुन पदमा रहेकाहरुको के सम्बन्ध छ खुलाउन भनिएको छ । यस्तै सहकारीको संचालक समिति, उपसमिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीले संस्थाबाट क्रृण, पेश्की र अन्य रकम लिएको छ कि छैन ? छ भने कति छ स्पष्ट पार्न पत्र मार्फत निर्देशन दिइएको पौडेलले बताउनुभयो । उहाँले सहकारीको आम्दानी, खर्च र दायित्व स्पष्ट देखिने प्रमाणित कागजात पेश गर्न भनिएको जानकारी दिनुभयो ।

महानगरको शहकारी शाखाले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली फितलो रहेको भन्दै विभिन्न संचारमाध्याममा समाचार आउँदा पनि संस्थाले जवाफ नदिएकाले स्पष्टिकरण सोधिएको बताएको छ । नारायणी अनलाइनले जनता कृषि सहकारी संस्थाको अबैध मोबाइल कारोवार कनेक्सन शिर्षकमा समाचार प्रकाशित गरेपछि महानगरपालिकाको सहकारी शाखाको ध्यान केन्द्रित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *