नवलपुर

गैँडाकोटका मेयर सहित सबै वडाध्यक्षहरु नेकपा एमालेमै रहने

Banner

गैडाकोट,भदौं १२-

नवलपुरको गैँडाकोट नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर सहितका सवै जनप्रनिधिहरु एमालेमै रहने भएका छन । उनिहरुले एकिकृत समाजबादीमा कुनैपनि हालतमा नजाने भन्दै एमालेमै रहने वताएका हुन । जनप्रतिनिधिले कार्यकर्ताको भावना पनि एमालेमै रहनुपर्छ भन्ने रहेको बताएका छन ।

१८ वटा वडाहरु रहेको गैडाकोट नगरपालिकामा मेयर सहित ८ वटा वडाका अध्यक्ष पदमा एमालेबाट उठेका जनप्रतिनिधिहरुले चुनाव जितेका थिए ।नगरप्रमुख छत्रराज पौडेलले आफुु विगतदेखिनै नेकपा एमालेको सिपाही भएको भन्दै पार्टि विभाजनलाई साथ दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो पहिले पनि एमालेमै थिए अहिले पनि एमालेमै छु। पौडेलले कार्यकर्ताको भावना विपरित आफूहरु कुनै समूहमा आबद्ध नहुने प्रष्ट पार्नुभयो ।

मेयरसहित गैडाकोट नगरपालिका वडा नं. २, ५, ८, ९,१०,११,१३ र १४ नम्बर वडामा नेकपाले विजयी हाँसिल गरेको थियो। नेकपा एमालेमा विवाद उत्पन्न भएदेखि नै खुलेर ओली समूहमा लागेका गैँडाकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल, वडा नं. ८ का अध्यक्ष डिलाराम रिजाल, ९ नं.का अध्यक्ष प्रेमप्रसाद सापकोटा र ११ नं. का अध्यक्ष गोविन्द सुवेदी हुन । यी बाहेक वडा नं. २ का अध्यक्ष धुव्रराम पौडेल, १० का अध्यक्ष देवीदत्त कंडेल, १३ का वडा अध्यक्ष पदमलाल पौडेल र १४ का वडाअध्यक्ष कोकीशरा राना मगरले पनि नेकपा एमालेमै रहने बताएका छन ।

गैँडाकोट नगरपालिका ५ का अध्यक्ष नवराज कंडेलले गैँडाकोटमा एमाले विभाजन नभएको बताउुभयो । गैडाकोटमा पार्टी विभाजनको पक्षमा कोही नेता कार्यकर्ता नरहेको उहाँले जानकारी दिनुभयो । माधव समूहको भनेर चिनिदै आउनुभएका नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछाने पनि माधव समूहमा लाग्नुभएको छैन । पार्टी विभाजनपूर्व खुलेर माधव गुटमा लाग्नुभएका उहाँले विभाजन पछि माधव समूह त्यागेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>