गण्डकी

गण्डकीका मुख्यमन्त्री नेपालीसँग ४० लाख ऋण

Banner

पोखरा,भदौं ९-

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ९ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरण पढ्दै जाँदा जो कोहीले जिब्रो टोकिने स्थिति देखिन्छ ।

सार्वजनिक भएको सम्पत्ति विवरणमा मुख्यमन्त्रीसहित मन्त्रीहरुको ऋणको भारी देखिन्छ भने एक जना मन्त्री भने ऋणदाता देखिन्छन् । उनले अरुलाई ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्रीको सम्पत्ति र ऋण कति ?

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री नेपालीसँग ४० लाख बैंकको ऋण छ भने करोडौँको सम्पत्ति पनि जोडिएको देखिन्छ । उनको श्रीमतीको नाममा १ करोड ५० लाखको घर निर्माण गरिएको उल्लेख छ जुन पैतृक सम्पत्तिबाट प्राप्त भनिएको छ ।

हाल मुख्यमन्त्री नेपालीको एभरेष्ट बैंकमा तलबवापत् ५ लाख रुपैयाँ, ५ तोला सुन, बैंकबाट ऋण लिएर १५ लाखमा जग्गा खरिद, कृषि विकास बैंकबाट २५ लाख ऋण भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।

पोखरेलले काठमाडौं, तनहुँ, नवलपुरमा जग्गा भएको विवरण पेस गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>