प्रदेश २

श्रीमती र बुवाको हत्या, खाल्डोमा पुरिएको अवस्थामा शव भेटियो

Banner

ढल्केवर, भदौ ७-

मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षिय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेका छन् । दुबै जनाको शव घर नजिक रामकिसुन मण्डलको आँप बगैँचामा खाल्डो खनेर गाडेको अवस्थामा आज बिहान ७ बजे फेला परेको छ । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको हो ।

मृतक दुबै जनाको टाउकोमा गहिरो चोट देखिएको छ । दुबै जनालाई लौरोले टाउकोमा प्रहारी गरी डोरीले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । उनीहरुलाई राति १२ नै हत्या गरेर शव गाडेको शङ्का प्रहरीको छ ।

शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर उत्खनन गरी शव निकालेर घटनास्थलको मुचुल्का उठाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

सोमबार रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजविन भएपछि आँप बगैँचामा रगतको छिटा देखिएको थियो । दुवैको हत्या भएको हुनसक्ने अनुमान गरेर थप खोजतलास गर्दै जाँदा बगैँचाको दक्षिण कुनामा भर्खरै माटो खनिएको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेको हत्या अभियोगमा पक्राउ परेका भागेश्वरको काका चन्द्रहँस मण्डलले भन्नुभयो । खाल्डो भेटिएपछि भागेश्वर अस्वाभाविक गतिविधि देखाउन थालेकाले शङ्का लागेर सोधपुछ गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेपछि प्रहरीमा बुझाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>