राजनीति

माधव समूहका नेताहरु बसेको चन्द्रगिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण

Banner

काठमाडौं, भदौ ८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि सोबारे जानकारी लिएको जनाए । स्वास्थ्य मापदण्ड पालना गरिएको र क्वारेन्टिनका लागि अनुमति लिएको जवाफ रिसोर्ट प्रशासनले दिएको उनको भनाइ छ ।

सो रिसोर्टमा सोमबारदेखि नै नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु बसेका छन् । बुधबार बिहानसम्म नेपाल समूहका नेताहरु सोही रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>