देश/प्रदेश

रसुवाको राजमार्ग सञ्चालन

Banner

रसुवा , भदौ ८-

पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार करिब १२।३० बजे पहिराले अवरूद्व बनाएको थियो । दु्रतरूपमा राजमार्ग खुलाउने प्रजिअ ढकालको प्रयास अगाडि बढेपछि अवरूद्व मार्ग २४ घण्टाका अन्तरालमा पुनःसञ्चालन भएको बताइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>