राजनीति

१७ हजार जनताको रगतमा टेकेर बनेको माओवादीसँग कुनै हालतमा एकता गर्नु हुँदैनः वामदेव

Banner

काठमाडौं,भदौं ८-

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्। नेता गौतमले संचारकर्मीसंग कुरा गर्दै एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग १७ हजार जनताको रगतमा टेकेर बनेको ऐतिहासिक पृष्ठभूमि रहेको र एमाले संसदीय संघर्षको पृष्ठभूमिबाट बनेको भन्दै एकता सम्भव नभएको दाबी गरे।

माओवादी र एमालेबीच एकता हुँदा आधाआधा कार्यकाल प्रधानमन्त्री हुने कुनै सम्झौता नगरेको पनि उनले बताए। गौतमले केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठले बालुवाटारमा मध्यरातमा कार्यकाल आधाआधा बाँड्ने सम्झौता गरेर आफूहरूलाई सुनाएको मात्रै बताए। आफूलाई एकताको जिम्मा दिए ओली र नेपाललाई मिलाएरै छाड्ने उनले दाबी गरे। गौतमले आफूलाई हराउन केपी शर्मा ओली नै लागिपरेको बताए।

प्रधानमन्त्रीको उम्मेदवार भनेर बर्दियाका जनताले प्रचार गरेकै कारण आफूलाई ओलीको नेतृत्वले नै हराएको पनि गौतमले दाबी गरे। एमालेबाट विभाजित भइ नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले सहकार्यबारे आफूसँग सांगठनिक हैसियतले प्रस्ताव नगरेको पनि उनले बताएका छन्‌।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>