राजनीति

जसपाबाट निर्वाचित वडाध्यक्षसहित ७४५ नेता कार्यकर्ता एमाले प्रवेश

Banner

विराटनगर,भदौं ७-

जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित जहदा ४ का वडाध्यक्ष जयनरथ गिरी ७ सय ४५ जना नेता तथा कार्यकर्तासहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जहदा नगर कमिटीले सयौं कार्यकर्ताको उपस्थितिमा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष गिरी, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी सीमा राजवंशीलगायतका व्यक्तिहरु पार्टी प्रवेश गरेका हुन ।

जसपा, कांग्रेस, माओवादी केन्द्रका गाउँपालिकास्तरीय नेता तथा कार्यकर्तालाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>