राजनीति
भीम रावल सहतिका नौ जना नेताहरु केपी ओलीको टाङमुनि छिरेः रामकुमारी झाँक्री
काठमाडौं,भदौं ७-
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छन्। प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।
उहाँहरु (भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना) केपी ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो,सोमबार बालकोटमा भएको समझदारीप्रति संकेत गर्दै झाँक्रीले भनिन्।
उनले सय भन्दा बढी नेताहरु बस्नुपर्ने भएकाले एकै ठाउँ सहज होस् भन्नका लागि चन्द्रागिरि रिसोर्ट नै रोजिएको पनि बताएकी छन्। उनले उक्त रिसोर्ट बसाइमा नयाँ पार्टीको घोषणा, नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गर्ने तयारी भएको बताइन्। त्यसमाथि भोलि दिनभर ३१ जना सांसदसहित छलफल गरेर निर्णय गर्ने उनले बताइन्।
























