प्रदेश २

डा.राजेश हटेसंगै प्रदेश प्रमुखको कार्यकक्षमा पृथ्वीनारायण शाहको फोटो हटाइयो

Banner

काठमाडौं,भदौं २-

डा. राजेश झा अहिराजलाई विस्थापित गरेर प्रदेश प्रमुख बन्न पुगेका हरिशङ्कर मिश्रले पद सम्हाल्न कार्यकक्षमा प्रवेश गर्दागर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् । सरकार परिवर्तन हुने बित्तिकै क्षेत्रियतावादी नेता उपेन्द्र यादवले पृथ्वीनारायण शाहको तस्बिरसहित राजेशलाई हटाइने बताउँदै आएका थिए ।

विमलेन्द्र निधि, उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतलाई प्रदेश प्रमुख राजेश झाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेकोमा सुरुदेखि नै रोष थियो । डा. झा प्रदेश २ को प्रमुख भएर गएलगत्तै उनले आफ्नो कार्यकक्षमा बडामहाराज पृथ्वीनारायण शाहको तस्विर सजाएका थिए । उनले अन्य ६ वटा प्रदेश प्रमुखहरूलाई अलगअलग भेटेर पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका थिए ।

यस्तै, डा.झाले प्रदेश सरकार र सरकारको काम संविधानअनुकुल नरहेको भन्दै सरकारलाई समावेसी बनाउन दबाब समेत दिएका थिए । यस सम्बन्धमा परेको मुद्दा उच्च अदालतमा विचाराधीन रहेको छ । स्थानीय मन्त्रीहरूलाई नेपाली भाषामै शपथ लिन पनि झाले बाध्य पारेका थिए । उनका सम्पूर्ण काम कारवाही राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा भएकोले सन्देहास्पद भूमिकाका मधेशी नेताहरूमा छटपटी बढाएको थियो ।

निवर्तमान प्रदेशप्रमुख डा. झाले सेवानिवृत्तिपछि सरकारले दिने कुनै सेवा सुरक्षा नलिने र जनताको सुरक्षा नै ज्यादा महत्वपूर्ण हुने भएको भन्दै सूरक्षाकर्मीको सुविधा पनि नलिने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>